काठमाडौँ, मंसिर १९ । प्रधानन्यायधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनका पदाधिकारीहरु र कानुन व्यवसायीहरुले आइतबार पनि सर्वोच्चमा धर्ना दिएका छन्।
कालो ब्यानरमा कानुन व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा आइतबार पनि विरोध प्रदर्शन गरेका हुन। प्रर्दशनमा सहभागीहरुले प्रधानन्यायधीशले राजीनामा दिनुपर्ने, बिचौलियालाई कारवाही गर्नुपर्ने लगायतका माग राखेका थिए।
हड्ताल गर्ने न्यायाधीशहरु र बारको आन्दोलनका अगुवाई गरेका अधिवक्ताहरु नै ईजलासमा फर्किएपछि बारको आन्दोलन कमजोर देखिएको छ। बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफुहरुको आन्दोलन ११ देखि १२ बजेसम्म भएकाले सो अवधिमा इजलास नराख्न आग्रह गरे।
प्रधानन्यायाधीशको राजीनामा माग गर्दै कानुन व्यवसायीहरुले गत कात्तिक १४ गतेदेखि निरन्तर रुपमा प्रदर्शन गर्दै आइरहेका छन्।
Facebook Comments


























