मंसिर १७ । श्रीलंकाले वेस्ट इन्डिजविरुद्धको दुई टेस्ट क्रिकेटको सिरिज २–० ले जितेको छ।
घरेलु टोली श्रीलंकाले दोस्रो टेस्ट १ सय ६४ रनले जित्दै सिरिजमाथि कब्जा जमाएको हो। जितका लागि २ सय ९७ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेस्ट इन्डिज १ सय ३२ रनमै अलआउट भयो।
वेस्ट इन्डिजका लागि नक्रुमल वोनरले सर्वाधिक ४४ रन जोडे। जर्मेन ब्ल्याकउड ३६ रनमा आउट भए। वेस्ट इन्डिजको इनिङ्स ध्वस्त पार्न श्रीलंकाका लासिथ इमबुलडेनिया र रमेश मेन्डिसले समान ५–५ विकेट चट्काए।
यस अघि पहिलो इनिङ्समा श्रीलंकाले २ सय ४ रन बनाएको थियो। श्रीलंकाका लागि पाथुम निशान्काले सर्वाधिक ७३ रन जोडेका थिए। वेस्ट इन्डिजका भिरासामी पेरमाउलले सर्वाधिक ५ तथा जोमेल वारिकनले ४ विकेट लिएका थिए।
जवाफमा वेस्ट इन्डिजले पहिलो इनिङ्समा २ सय ५३ रन जोडेको थियो। वेस्ट इन्डिजका लागि कप्तान क्रेग व्रेथवेटले सर्वाधिक ७२ रनको योगदान गरेका थिए। श्रीलंकाका रमेश मेन्डिसले सर्वाधिक ६ विकेट हात पारेका थिए।
श्रीलंकाले दोस्रो इनिङ्स भने ९ विकेट गुमाएर ३ सय ४५ मा समाप्तीको घोषणा गरेको थियो। श्रीलंकाका लागि धनन्जय डि सिल्भाले अविजित १ सय ५५ रनको योजना गरेका थिए। वेस्ट इन्डिजका भिरासामी परमाउलले सर्वाधिक ३ विकेट हात पारेका थिए। एजेन्सी


























