मंसिर १७ । गायक प्रमोद खरेलको स्वरमा रहेको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ। बिहीवार जेजी क्रियशन युट्युब च्यानलमार्फत गीत सार्वजनिक भएको हो।
ज्योति गुरुङको शब्दमा रहेको गीतको लय संगीतकार गंगाराज राईको रहेको छ। गीत किङ स्टुडियोमा रेकर्डिङ गरिएको हो। गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङ गरेका हुन्।
भिडियोमा नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्माको अभिनय छ।
Facebook Comments


























