चितवन, मंसिर १३ । नेकपा एमालेको उपमहासचिव पदका लागि कसैको पनि उम्मेद्वारी नपरेपछि तीन जना निर्विरोध निर्वाचित भएका छन्। बिहान १० बजेको समयसीमाभित्र अन्य कसैको दावी नपरेपछि तीन जना निर्विरोध निर्वाचित भएका हुन्।
उपमहासचिव पदमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल पनि निर्विरोध निर्वाचित हुने भएका छन्। अध्यक्ष केपी शर्मा ओलीले आइतबार प्रस्ताव गरेको पदाधिकारीसहित ३ सय १ जनाको केन्द्रीय कमिटीको सूचीको अन्य पदमा दाबेदारी परे पनि उपमहासचिवमा नपरेपछि ज्ञवाली, गुरुङ र रिमाल सर्वसम्मत उपमहासचिव भएका हुन्।
Facebook Comments


























