मंसिर ९ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३४ पैसा रहेको छ। डलरको भाउ बुधबार पनि यति नै थियो।
यसैगरी युरो एकको खरिददर १३३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७५ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १५८ रुपैयाँ ५५ पैसा र बिक्रीदर १५९ रुपैयाँ ३५ पैसा रहेको छ।
कतारी रियालको मूल्य पनि स्थिर रहेको छ। जसअनुसार एकको खरिददर ३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























