मंसिर ६ । नेकपा एमालेका स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले १० औँ महाधिवेशनमा आफू महासचिवमा लड्ने बताएका छन्। पाण्डेले आफू महासचिव बन्न चाहेको कुरा अध्यक्ष केपी शर्मा ओलीलाई समेत ब्रिफिङ गरिसकेको बताए। दशौं महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने बताउँदै पाण्डेले आफू सहमतिमै महासचिव चुनिनुपर्ने जिकिर गरे।
महाधिवेशनलाई सहमतिको महाधिवेशन बनाइने बताइँदै गर्दा निर्विकल्प अध्यक्ष मानिएका केपी ओलीलाई हालका उपाध्यक्ष भीम रावलले चुनौती दिने घोषणा गरिसकेका छन्। भीम रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेपछि अहिले पार्टीमा नयाँ प्यानल बन्ने संशय पनि छाएको छ। नेता पाण्डे भने जसले जुनमा उम्मेदवारी दिन पाउने तर प्यानल बनाएर नलडिने बताउँछन्। ‘रावलजीको व्यक्तिगत कुरा हो, प्यानल बन्दैन,’ पाण्डेले भने।
Facebook Comments


























