काठमाडौँ, मंसिर ६ । सोमबार सेयर बजारमा सामान्य सुधार भएको छ। आइतबार ११.६० अंकले घटेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सोमबार भने सामान्य सुधार भई ७.९० अंकले बढेर २७६५.४३ अंकमा पुगेको छ। आइतबार इन्डेक्स २७५७.५३ बिन्दूमा झरेको थयो।
(नेप्से) मा सूचीकृत ‘क’ वर्गका कम्पनीको सेयर मूल्य मापन गर्ने सेन्सेटीभ इन्डेक्स पनि १.२१ अंक अर्थात् ०(२३ प्रतिशतले बढेको छ। सोमबार २ सय २५ कम्पनीका सेयर ५१ हजार ५ सय २६ पटक कारोबार भएको छ।
बजार बढेपनि सोमबार कारोबार रकममा भने कमी आएको छ। आज ३ अर्व ९२ करोड ९२ लाख ६१ हजार ६ सय २७ रूपैयाँ बराबरको ७५ लाख ६५ हजार ५ सय १० सेयर कारोबार भएको छ। सोमबारको कारोबारमा ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८४ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। सोमबार पनि लगानीकर्ता मानुषी लघुवित्तप्रति आकर्षित हुँदा सर्किट ब्रेकर लागेको छ। सोमबार मानुषी लघुवित्तको सेयर १८ सय ९ मा कारोबार बन्द भएको थियो।


























