सुर्खेत, मंसिर ४ । सुर्खेत बराहताल गाउँपालिक-५ बड्डिचौरस्थित एक होटलबाट चितुवाको छालासहित चार जना पक्राउ परेका छन्।
प्रेम होटलको ३ नम्बर कोठाबाट ३ थान चितुवाको छालासहित अछाम पंचदेवल नगरपालिका-८ बस्ने ३५ वर्षीय कमल शाही समेत लाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत ब्यूरो, जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी बड्डिचौर सुर्खेतबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त छालासहित फेला पारी पक्राउ गरेको बताइएको छ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
Facebook Comments


























