काठमाडौँ, मंसिर ४ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको वरियतामा नेपाल यथावत रहन सफल भएको छ।
फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १ सय ६९ औं स्थानमा रहेको छ। अघिल्लो वरियतामा समेत नेपाल १ सय ६९ औं स्थानमा नै थियो।
नेपाल दक्षिण एसियाली राष्ट्रको वरियताको तेस्रो स्थानमा छ। नेपाल भन्दा अघि भारत र माल्दिभ्स छन्। भारत १ सय ४ औं स्थानमा छ। माल्दिभ्स १ सय ५७ औं स्थानमा छ।
नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान छन्। बंगलादेश १८७ औं, भुटान १८६ औं, पाकिस्तान १९८ औं र श्रीलंका २ सय ४ औं स्थानमा छन्।
नयाँ वरियताको शीर्ष स्थानमा बेल्जियम यथावत रहेको छ। यस्तै ब्राजिल दोस्रो, तेस्रोमा फ्रान्स, चौथोमा इंग्ल्यान्ड र पाँचौ स्थानमा अर्जेन्टिना रहेका छन्।इटाली छैटौं, स्पेन सातौं, पोर्चुगल आठौं, डेनमार्क नवौं र नेदरल्यान्ड्स दशौं स्थानमा रहेका छन्।


























