मंसिर ४ । गीत ‘पिरिम नलाउने’, ‘एक कान दुई कान मैदान’, ‘गलबन्दी पछ्यौरी’ का गायक आशिष सचिन नयाँ गीत ‘झ्याइँ झ्याइँ पञ्चे बाजाले’ लिएर आएका छन्। गीतमा उनले गायिका ऋतिका श्रेष्ठसँग सहकार्य गरेका छन्।
महेश आचार्यको शब्द रहेको गीतमा एसडी योगीको संगीत छ। गीतको भिडियोमा अभिनेत्री आँचल शर्मा र गायक आशिषको अभिनय छ। बियोन्डको कन्सेप्टमा तयार भिडियोमा विदेश जान बाध्य एकप्रेम जोडीको कथा प्रस्तुत गरिएको छ।
भिडियोको निर्देशन कविराज गहतराजले गरेका हुन्। डान्सिङ शैलीमा तयार भिडियो नेस स्टुडियोले निर्माण गरेको हो।
कार्यक्रममा गायक तथा मोडल आशिषले राम्रो टिमवर्क, नेस स्टुडियोको सहकार्यले गीतको भिडियो राम्रो बनेको बताए। फरक जनराका संगीतकर्मीहरुसँग काम गर्न पाउनु आफ्ना लागि अवसर रहेको उनको बुझाई छ।
सुप्रिम पराजुलीको सम्पादन रहेको भिडियोमा नवराज उप्रेतीको छायांकन छ।
https://www.youtube.com/watch?v=igrLIm3hnjE


























