मंसिर २ । क्यानाडाको पश्चिमी प्रान्त कोलम्बियामा संकटकाल घोषणा गरिएको छ। आँधीपछि सडक र रेल मार्ग अवरोध हुँदा संकटकाल घोषणा गरिएको हो।
कोलम्बियामा मंगलबार राति ठूलो आँधी आएको थियो। आँधीपछिको पहिरोमा परेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका थिए। आँधीका कारण देशको सबैभन्दा ठूलो बन्दरगाह भ्यानकुभरसम्म पुग्ने बाटो अवरुद्ध छ। विपद् प्रभावित क्षेत्रका बासिन्दाको सहयोगका लागि ठूलो संख्यामा सुरक्षाकर्मी खटिएका छन्। एजेन्सी
Facebook Comments


























