मंसिर १ । नेपाली महिला क्रिकेट टोलीले आज कतारसँग दोस्रो टी-२० क्रिकेट खेल्दै छ।
कतारस्थित वेष्ट इन्ड पार्क इन्टरनेशनल क्रिकेट मैदानमा अपरान्ह पौने चार बजे नेपाल घरेलु टीमविरुद्ध मैदान उत्रनेछ। नेपाल आजको खेलमा पनि सहज जित निकालेर सिरिज कब्जा गर्ने मनस्थितीमा छ।
यो सिरिजको पहिलो खेलमा नेपालले कतारलाई १ सय १९ रनको विशाल अन्तरले पराजित गरेको थियो। तीन खेलको टी–२० क्रिकेट सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।
सिरिज अन्तर्गत कतारसँगको अन्तिम खेल मंसिर ३ गते हुनेछ। त्यसपछि नेपाल विश्वकप छनोटका लागि दुबई प्रस्थान गर्नेछ। विश्वकप छनोट नोभेम्बर २२ देखि २८ सम्म दुबईमा आयोजना हुनेछ।
छनोटमा नेपाल, भुटान, हङकङ, कुवेत, मलेसिया र यूएईसहित ६ राष्ट्र सहभागी छन्।
Facebook Comments


























