काठमाडौं, कार्तिक २९ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आएका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालतका न्यायाधीशहरुबीच छलफल सुरु भएको छ।
राजीनामाको चर्को दवाब पर्दासमेत जबराले आफूलाई गैरकानूनी रुपमा हटाउन खोजेको आशयसहितको विज्ञप्ति जारी गरेपछि साझा धारणा बनाउन उनीहरू छलफलमा जुटेका हुन्।
नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, उपाध्यक्ष रक्षा बस्याल, महासचिव लीलामणि पौडेल, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष पुर्णमान शाक्य, सचिव ऋषिराम घिमिरे र राणाबाहेकका असन्तुष्ट सबै न्यायाधीश छलफलमा जुटेका छन्।
सर्वोच्च बारका सचिव घिमिरेका अनुसार प्रधानन्यायाधीशविरुद्धको आन्दोलनमा साझा धारणा बनाउन छलफल थालिएको हो।
Facebook Comments


























