कार्तिक २७ । अल्बानियालाई ५-० गोल अन्तरले हराउँदै इङ्ल्याण्ड विश्वकप छनोटको नजिक पुगेको छ।
विश्वकपको युरोपेली छनोट अन्तर्गत गए राति भएको खेलमा ह्यारी केनको ह्याट्रिकको सहयोगमा इङ्ल्याण्डले जितेको हो। खेलको पहिलो हाफमै इङ्ल्याण्डले खेलमा पाँच गोलको अग्रता लिएको थियो। त्यसमा ह्यारी मागुइरी र जोर्डन हेन्डरसनले समान एक/एक गोल थपे।
अब इङ्ल्याण्डलाई विश्वकपमा छनोटमा हुन अन्तिम चरणको खेलमा मात्र राम्रो गोल अन्तर चाहिएको छ।
Facebook Comments


























