कार्तिक २६ । विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा ब्राजिलले कोलम्बियालाई हराएको छ।
दक्षिण अमेरिकी प्रतिद्धन्दीलाई कोलम्बियालाई हराउँदै ब्राजिल कतारमा सन् २०२२ मा हुने विश्वकपमा छनोट भएको छ। छनोट प्रतियोगितामा अपराजित रहदै ब्राजिल विश्वकपमा छनोट भएको हो। ब्राजिलले ११ जित र एक बराबरीको नतिज आत्मसाथ गर्यो।
छनोट खेलमा कुल २७ गोल गरेको ब्राजिलले मात्र ४ गोल ब्यहोर्यो। ब्राजिल दक्षिण अमेरिकी क्षेत्रबाट विश्वकपमा छनोट हुने पहिलो टिम बनेको छ। ब्राजिलले कोलम्बियालाई १–० गोल अन्तरले हराएको हो।
ब्राजिलको जितमा लुकास पक्केटाले विजयी गोल गरे। खेलको ७२ औं मिनेटमा नेयमारको पासलाई सदुपयोग गर्दै पक्केटाले विजयी गोल गरेका थिए।
ब्राजिलले १२ खेलबाट ३४ अंक जोडेको छ। कोलम्बिया १६ अंक सहित तालिकाको पाँचौ स्थानमा छ। छनोटकै अन्य खेलमा चिलीले पाराग्वेलाई र इक्वेडरले भेनेजोयलालाई समान १–० गोल अन्तरले हराए। एजेन्सी


























