कार्तिक २६ । विश्वकप फुटबलको युरोपेली छनोटमा स्पेनले ग्रिसलाई हराएको छ।
बिहीबार राति समूह बीको खेलमा स्पेनले ग्रिसलाई १–० ले हराएको हो। स्पेनको जितमा साराबियाले २६ औं मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।
स्पेनलाई विश्वकपमा स्थान सुरक्षित गर्न जितको आवश्यकता थियो। दोस्रो स्थानको स्विडेनले समेत स्पेनमाथि बदाब बढाएको थियो। तर साराबियाले पेनाल्टीमा गोल गर्दै स्पेनलाई महत्वपुर्ण तीन अंक दिलाए।
प्राप्त जितले स्पेनलाई विश्वकप छनोटको नजिक पुर्याएको छ। जितसँगै समूह बीमा शीर्ष स्थानको स्पेनले १६ अंक जोडेको छ। दोस्रो स्थानको स्विडेनको १५ अंक छ। ग्रिस ९ अंक सहित तेस्रो स्थानमा छ। एजेन्सी
Facebook Comments


























