काठमाडौं, कार्तिक २५ । कक्षा १२ को नतिजा आगामी मंसिर दोस्रो साताभित्र आउने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
बोर्डका प्रवक्ता जघनबहादुर अर्यालले नतिजा सम्बन्धी काम ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेकाले मंसिर दोस्रो साताभित्र प्रकाशन गर्ने तयारी रहेको बताए।
अहिले नतिजा रुजु गर्ने, कपी जाँच गर्नेलगायतका काम एकै पटक भइरहेको उनले जानकारी दिए। बोर्डले कक्षा १२ को परीक्षा गत भदौ ३० गतेदेखि असोज ८ सम्म सञ्चालन गरेको थियो। परीक्षाका लागि ३ लाख ७२ हजार ३४८ जना विद्यार्थीहरुले परीक्षा आवेदन फारम भरेको बोर्डले जनाएको छ।
बोर्डले चार हजार ३१० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरेको थियो।
Facebook Comments


























