महोत्तरी, कार्तिक २५ । प्रदेश २ सरकारले आज बिहीबार पनि सार्वजनिक बिदा दिएको छ। छठ पर्वको अवसरमा प्रदेश २ सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
२०७८ सालमा विभिन्न चाडपर्वको अवसर पारेर प्रदेश २ सरकारले इदसहित ११ दिन विदा दिने निर्णय गरेको गरेको राजपत्रमा उल्लेख गरिएको छ। संघ सरकारले भने छठका अवसरमा बुधबार सार्वजनिक बिदा दिएको थियो।
बिहीबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठ सकिएको छ।
Facebook Comments


























