कार्तिक १८ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ।
सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका आधारमा प्रतितोला ५०० ले घटेर ९१ हजार तोकिएको छ। बुधबार सुन प्रतितोला रु ९१ हजार ५०० मा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुन प्रतितोला ९० हजार ५०० रहेकामा बुधबार प्रतितोला ९१ हजार तोकिएको थियो।
महासङ्घका अनुसार आज चाँदीको मूल्य भने बुधबारका तुलनामा स्थिर छ। चाँदी बुधबार प्रतितोला एक हजार २२५ मा कारोबार भएको थियो।
Facebook Comments


























