कार्तिक १७ । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ। अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ १९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ७९ पैसा कायम भएको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ १८ पैसा र बिक्रीदर १३८ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























