काठमाडौं, कार्तिक १४ । प्रधानसेनापति प्रभुराम शर्माले रथीमा पदोन्नति हुनुभएका सरोजप्रताप राणालाई दज्र्यानी चिह्न प्रदान गरेकाछन्। सैनिक मुख्यालय जङ्गी अड्डामा आज आयोजित समारोहमा महारथी शर्माले रथी राणालाई दज्र्यानी चिह्न लगाई दिएकाहुन्।
मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेकोे बैठकले उपरथी राणालाई रथीमा बढुवा गर्ने निर्णय गरेको थियो। रथी राणालाई बलाध्यक्षको जिम्मेवारी प्रदान गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। रासस
Facebook Comments


























