कार्तिक १४ । जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले जित निकालेको छ।
शनिबार राति भएको खेलमा डर्टमण्डले कोलोग्नेलाई २-० गोल अन्तरले पराजित गरेको हो। डर्टमण्डको जितमा थोर्गन हाजार्ड र स्टिफिन टिग्जले एक एक गोल गरे।
घरेलु मैदानमा खेलको ४० औं मिनेटमा हाजार्डले गोल गर्दै डर्टमण्डलाई अग्रता दिलाएका थिए। त्यसपछि खेलको ६४ औं मिनेटमा टिग्जले गोल गर्दै डर्टमण्डलाई २-० को जित दिलाए।
जितसँगै डर्टमण्डले १० खेलमा २४ अंक जोडेको छ। डर्टमण्ड लिगको दोस्रो स्थानमा रहेको छ। कोलोग्ने १३ अंक जोडेर १० औं स्थानमा रहेको छ।
Facebook Comments


























