कैलाली, कार्तिक १३ । मोबाईल चार्ज गर्दा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। डोटीको शिखर नगरपालिका–९ उच्चाकोटकी ३० वर्षीया राधिका रोस्याराको मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए।
माइती घरमा शुक्रबार दिउँसो करेन्ट लागेर घाइते भएकी उनको उपचारका क्रममा शैलेश्वरी अस्पतालमा मृत्यु भएको हो। मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा लगिएको छ।
Facebook Comments


























