सोलुखुम्बु, कार्तिक १२ । माप्य दूधकोशी गाउँपालिका–४ काँकुमा बेवारिसे शव फेला परेको छ। बिहीबार एक वृद्धाको शव बेवारिसे अवस्थामा लौकाखोला नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ऋषिराज ढकालले जानकारी दिए।
नामथर ठेगाना नखुलेका करिब ६५ वर्षीय वृद्धको शव बेवारिसे अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। बिहान स्थानीयवासीले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। घटनाको विस्तृत विवरण आउन बाँकी छ। रासस
Facebook Comments


























