चितवन, कार्तिक ६ । पछिल्लो २४ घण्टामा थप ८७७ संक्रमित निको भई डिस्चार्ज भएका छन्।
यस्तै, देशभर ५५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ७ हजार ६२५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ५५७ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा ३ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १० हजार २०१ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। देशभर २२० जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५७६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
Facebook Comments


























