कार्तिक ७ । अभिनेता विपिन कार्की कहिलेकाहिँ म्युजिक भिडियोमा पनि प्रस्तुत हुने गर्छन्। अभिनेता कार्कीले आफूलाई चित्त बुझेको गीतको भिडियोमा मात्र अभिनय गर्दै आइरहेका छन्।
नेपाली फिल्ममा निकै रुचाइएका यी अभिनेताले अहिले गायक केतन क्षेत्रीको नयाहृ गीत ‘परदेशी आयो’ को म्युजिक भिडियोमा अभिनय गरेका हुन्।
भिडिओमा उनका अभिनयले दर्शकको मन छुने सम्भावना छ। भिडियोमा अर्थोपार्जनको लागि मुलुक बाहिर गएका एक युवाको कथा दर्शिएको छ।
देवेन्द्र नेपालले निर्देशन गरेको भिडिओमा बिपिनसंगै कविता न्यौपाने, सुरविर पण्डित, शर्मिला शर्मा आदिले अभिनय गरेका छन्।
https://www.youtube.com/watch?v=7gCKJJOADwY
Facebook Comments


























