चितवन, कार्तिक ५ । नेपालमा पछिल्लो २४ घण्टामा ९३२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९७ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २५३ जनाको पीसीआर परीक्षणमा ५७४ र २ हजार १२३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३४ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























