चितवन, कार्तिक ५ । रत्ननगरको टाँडीमा रहेको बकुल्लहर रत्ननगर अस्पतालमा तोडफोड भएको छ।
बिहीवार राति १२ बजेकाे समयमा अज्ञात समुहले अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरेको हो। उपचार गर्न आएका दुई युवाहरुले उपचारमा ढिलाई भएको भन्दै अस्पतालमा तोडफोड गरेका हुन्।
तोडफोडबाट अस्पतालको नयाँ भवनको ढोकाको सिसा फुटेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोपाल कर्मचार्यले जानकारी दिए।
पहिचान खुल्न नसकेका युवाहरुले अस्पतालका सुरक्षागार्डलाई समेत हातपात गरेको इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख डिएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।
तोडफोड गर्ने व्यक्तिहरुले प्रयोग गरेको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको डिएसपी रानाले बताए।
Facebook Comments


























