कार्तिक ४ । यस सिजनको च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले पहिलो जित निकालेको छ।
समूह चरण अन्तर्गत बुधबार राति युक्रेनी क्लब डायनामो किभविरूद्ध १-० को संघर्षपूर्ण जित निकाल्दै जारी सिजन बार्सिलोनाले पहिलो जित हात पारेको हो।घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन जेरार्ड पिकेले ३६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
जितसँगै समूह ई को बार्सिलोनाको ३ खेलमा ३ अंक भएको छ। किभको ३ खेलमा १ अंक छ।
Facebook Comments


























