चितवन, कार्तिक ३ । भरतपुर सरकारी अस्पतालले कोभिड १९ एन्टिजेन परीक्षण शुल्क घटाएको छ। अस्पतालले आज (बुधबार) देखि एन्टिजेन परीक्षण शुल्क पाँच सय रुपैयाँ तोकेको हो।
यस अघि अस्पतालले एन्टिएन परीक्षणका लागि एक हजार रुपैँया लिँदै आएको थियो। अस्पतालले पीसिआर परीक्षण शुल्क पनि एक हजार नै लिँदै आएको छ। पीसिआर र एन्टिजेनको शुल्क एउटै हुने गएकोले एन्टिजेनको घटाएर पाँच सय कायम गरिएको अस्पतालका प्रवक्ता डा. युवानिधि बसौलाले जानकारी दिए।

Facebook Comments


























