कार्तिक ३ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलाको एक सय रुपैयाँले बढेर प्रतितोला ९१ हजार ४०० रुपैयाँ कायम भएको हो।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ९० हजार ९०० रुपैयाँ कायम भएको महसंघले जनाएको छ। चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले वढेर एक हजार २३५ रुपैयाँ कायम भएको छ।
Facebook Comments


























