नुवाकोट, कार्तिक १ । नुवाकोटको किस्पाङ गाउँपालिकाको भुमेस्थानमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ।
भाल्चेदेखि काठमाडौँ जादै गरेको बा ४ ख ५७६२ नम्बर बस दुर्घटना भएको किस्पाङ गाउँपालिका प्रमुख छत्रबहादुर लामाले जानकारी दिए। उनका अनुसार दुर्घटना लगत्तै ८ वटा एम्बुलेन्सको सहायतामा घाइतेको उद्धारगरि जिल्ला अस्पताल त्रिशुली पठाउनेक्रम जारी रहेको छ।
उनले भने, ‘किस्पाङबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना भएको हो। दुर्घटनामा परि १२ जना घाइते भएको र दुई जनाको अवस्था गम्भीर रहेको छ। सबैलाई जिल्ला अस्पताल त्रिशुलीमा उपचारको लागि पठाइएको छ। अहिले नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा बाँकी उद्धारको काम भइरहेको छ।’
घाइतेहरुको उपचारका लागि त्रिशुली अस्पतालमा आकस्मिक रुपमा तयारी गरिएको अस्पताल प्रशासनले जनाएको छ।


























