केरला, असोज ३१ । भारतको केरला राज्यमा परेको भीषण वर्षा र पहिरोमा परेरर ११ जनाको मृत्यु भएको छ। इडुक्की र कोटयाम जिल्लामा भारी वर्षापछिको पहिरोमा पाँच बालबालिकासहित कम्तिमा १३ जना हराइरहेका छन्। कोटयाममा ९ जनाको र इडुक्कीमा २ जनाको शब भेटिएको थियो।
पीडितलाई राहत प्रदान गर्न र हराइरहेका व्यक्तिको खोजीलाई तीब्र पारिएको केरलाका मुख्यमन्त्री पिनारेइ विजयानले बताए। बाढी प्रभावित क्षेत्रमा सेना, पनडुब्बी र हवाई फौज परिचालन गरिएको छ।
पहिरोले रुख ढाल्दा बिभिन्न ठाँउमा सडक अबरुद्ध भएको छ। अझै पनि पानी परिरहेकोले उद्दार कार्य प्रभावित भएको छ।
Facebook Comments


























