लन्डन, असोज ३० । बेलायतमा कन्जर्भेटिभ पार्टीका सांसद सर डेभिड अमेसको छुरा प्रहार गरी हत्या गरिएको छ। प्रहरीले उक्त घटनालाई आतंकवादी आक्रमणको संज्ञा दिएको छ।
साउथेन्ड वेस्टका सांसद डेभिडमाथि स्थानीय चर्चमा मानिसहरूसँग कुरा गर्दै गर्दा एक २५ वर्षका युवकले छुरा प्रहार गरेका थिए। उनको घटनास्थलमै मृत्यु भएको थियो।
प्रहरीका अनुसार ती युवक इस्लामिक अतिवादी गतिविधिमा संलग्न रहेको शंका छ। उनी सोमालियाबाट आएका बेलायती नागरिक रहेको खुलेको छ। सांसद डेभिडको हत्यापछि बेलायती गृहमन्त्री प्रिति पटेलले सांसदहरूको सुरक्षा व्यवस्था कडा बनाउन प्रहरीलाई निर्देशन दिएकी छन्।
Facebook Comments


























