असोज २७ । भारतमा पछिल्लो २४ घण्टामा १६ हजार २१ जना कोरोना संक्रमित थपिएका छन्। ओल्डोमिटरको पछिल्लो विवरणअनुसार सो संख्या थपिएसँगै कुल संक्रमितको संख्या ३ करोड ४० लाख ५ सय पुगेको छ।
यही अवधिमा २२ हजार ८५० जना संक्रमणमुक्त भएका छन्। यससँगै त्यहाँ कोरोना निको हुनेको संख्या ३ करोड ३३ लाख ३५ हजार ३०१ जना पुगेको छ।
त्यहाँ थप २२९ जना संक्रमितको मृत्यु भएको छ। यससँगै कुल मृतकको संख्या ४ लाख ५१ हजार २२० जना पुगेको छ। भारतमा अहिले सकृय संक्रमितको संख्या २ लाख १३ हजार ९७९ छ।
Facebook Comments


























