असोज २५ । नेपाल राष्ट्र बैंकले १३ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ।
बैंकले ९१ दिनको अवधिको लागि ८ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल पुस २७ गते परिपक्क हुनेछ। बैंकले १८२ दिनको अवधिको लागि २ अर्ब २५ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल चैत्र २९ गते परिपक्क हुनेछ। यस्तै, बैंकले ३६४ दिनको अवधिको लागि ३ अर्ब रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो। उक्त ट्रेजरी बिल २०७९ साल असोज २५ गते परिपक्क हुनेछ।
राष्ट्र बैंकका अनुसार यो ट्रेजरी बिल आज (असोज २५ गते, सोमबार) दिउँसो ३ बजे बोलकबोल भएर असोज ३१ गते, आइतबार बिक्री हुनेछ।
Facebook Comments


























