काठमाडौं, असोज २४ । सरकारले ३० जना सहसचिवको सरुवा गरेको छ। विभिन्न सेवा ३० जना सहसचिवको सरुवा गरिएको हो।
सरुवा हुने सहसचिवमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका रितेशकुमार शाक्य, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका शिवलाल तिवारी, गोविन्द सुवेदी, गृह मन्त्रालयका अरुण पोखरेल, राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगका तुल्सीराम सेढाइँ छन्।
त्यस्तै रघुराम विष्ट, मदन भुजेल, जितेन्द्र बस्नेत, रामचन्द्र ढकाल, विश्वप्रसाद अर्याल, आभा श्रेष्ठ कर्ण, सागर आचार्य, महादेव पन्थ, डा.किसन लाल भट्ट, रामचन्द्र दंगाल, दिलीप भण्डारी, किरण थापा, बाबुराम खतिवडा, जगन्नाथ पन्तको सरुवा भएको छ।
सुनीता नेपाल, रमेश न्यौपाने, भोजराज खतिवडा, पिताम्बर घिमिरे, शिवराम गेलाल, होमपसाद लुइँटेल, योगेन्द्रप्रसाद पाण्डे, कोषहरि निरौला, कमलराज ढकाल, ज्ञानप्रसाद ढकाल, दीपक घिमिरेको सरकारले सरुवा गरेको छ।
त्यतिबेला नेपाल शिक्षा सेवा ४, नेपाल कृषि सेवा १३, नेपाल इन्जिनियरिङ सेवा ९, जना वन सेवा ५ र नेपाल प्रशासन सेवा ५४ गरी ८५ जना सहसचिवको सरुवा भएको थियो।
त्यतिबेला त्रुटि भएका र थप नयाँ गरी ३० जना सहसचिवहरूको अहिले सरुवा गरिएको हो। सूची मिलाउने क्रममा कतिपय दरबन्दी नै नभएको र कतिपय नमिलेको देखिएको थियो। नयाँ मन्त्रीहरु नियुक्त भएपछि कर्मचारीको सरुवा अझै हुने सम्भावना छ।


























