रामपुर, असोज २४ । पाल्पाको बगनासकाली गाउँपालिका–२ मा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
आज बिहान करिब साढे ७ बजेको समयमा स्याङ्जाबाट बुटवलतर्फ जाँदै गरेको ग २ ख ३३५ नंको ट्रकले ठक्कर दिँदा बगनासकाली–२ बस्ने ५९ वर्षीय श्यामबहादुर रोकायाको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्ञानप्रसाद ज्ञवालीले जानकारी दिए। ठक्कर दिने ट्रक र चालकलाई नियन्त्रणमा लिइएको छ। रासस
Facebook Comments


























