असोज २३ । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ६८ पैसा र बिक्रीदर १२० रुपैयाँ २८ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ८७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























