असोज २२ । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ११९ रुपैयाँ ९५ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ ९७ पैसा र बिक्रीदर १३८ रुपैयाँ ६६ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ १६ पैसा र बिक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ।
कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























