चितवन, असोज २१ । चितवनमा घर तथा घडेरी खरिद बिक्री गर्नका लागि घर घडेरी सेवा प्रा.लि सञ्चालनमा आएको छ। घर घडेरीको बिक्री वितरणलाई सरल र सहज बनाउने उद्देश्यका साथ भरतपुर १२ स्थित मालपोतचोकबाट सेवा सुरू गरिएको उक्त कार्यालयको बिहीबार मालपोत कार्यालय भरतपुरमा प्रविधि विभाग प्रमुख सुमनकुमार झाले रिवन काटेर उद्घाटन गरिएको हो।
कम्पनी कन्सल्ट्यान्ट पशुपति न्यौपानेका अनुसार कम्पनीले घर घडेरी कारोवारमा क्रेता र बिक्रेता बिचको सहजकर्ताको भूमिकालाई प्रविधिको प्रयोग गरी सहज, सरल र विश्वासिलो वातावरण सिर्जना गर्दै लैजाने छ। नयाँनयाँ उत्पादन र विविध कार्ययोजना र उत्कृष्ट टिम व्यवस्थापनसहित अस्ट्रेलियन कम्पनीको सिआरएम सिस्टममा रहेर कार्य सञ्चालन गरिने उनले बताए।

मालपोत कार्यालयका प्रविधि विभाग प्रमुख झाले मालपोत र घर घडेरी कारोबारमा कार्यसञ्चालन व्यवस्थापनले थप नयाँ आयाम दिलाउने विश्वास लिए। सोही अवसरमा बिहीबार नै पहिलो चरणको उत्पादनलाई समेत सार्वजनिक गरिएको छ। घर घडेरी सेवा प्रालिका प्रबन्ध निर्देशक कृष्णप्रसाद न्यौपानेका अनुसार सेवाग्राहीको सेवामा तीन नयाँ सेवा सञ्चालन गरिएको छ। घडेरी बिक्री सेवा, घर बिक्री सेवा र घर घडेरी भाडा सञ्चालन सेवा गरी तीन खालको सेवा दिलाउने उनले बताए।
हाललाई चाडपर्व लक्षित गरी २० प्रतिशतसम्म छूट गरेर सेवा दिलाइरहेको उनले बताए। नापी, मालपोत विवरण मूल्यांकन, हिसाब, प्रोपर्टी निरीक्षण, दृश्यांकन तथा व्यवसायिक फोटो भिडियोग्राफीमार्फत सेवा र कारोवारलाई नयाँ आयाम दिने उनको भनाइ छ।
कोभिडको असरका बाबजुत घर घडेरी कारोबारमा लगानीकर्ताको लागि सुनौलो अवसरको रूपमा रहेको कम्पनीको दाबी छ।



























