असोज २१ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आज छापावाल सुन बुधबारको तुलनामा ५०० रुपैयाँले बढेर प्रतितोला ९० हजार ४०० रुपैयाँमा कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलाको ५ रुपैयाँले बढेर १ हजार १७० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ।
Facebook Comments


























