असोज २० । दुई दशक बढी समयदेखि गीत संगीतमा क्रियाशिल गीतकार तथा संगीतकार खेम रिजालको नयाँ गीत ‘तिमीसित’ सार्वजनिक भएको छ। गायक निशान भट्टराई र गायिका टीका प्रसाईको युगल स्वर रहेको गीतमा खेमले नै संगीत भरेका छन्। यो गीत रिजालको चौथो एलबम ‘मञ्जुर छ’मा समावेश छ।
गीतको भिडियोमा बिना राउत र खेम रिजाल फिचर्ड छन्। यसअघि सन् २०१३ मा पनि खेमले रिमा विश्वकर्मासँग एक भिडियोमा अभिनय गरेका थिए।
नगरकोटका विभिन्न स्थानमा छायांकन गरिएको भिडियोमा सुबोल थापाको निर्देशन छ। विगत १४ वर्षदेखी अमेरिकामा बस्दै आएका रिजाल त्यही रहेको संगीत संस्था ‘बामा’का वर्तमान अध्यक्ष पनि हुन्।
Facebook Comments


























