काठमाडौं, असोज २० । चितवन टाइगर्स पहिलो पटक एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
त्रिवि क्रिकेट मैदानमा बुधबार भएको क्वालिफायरमा पोखरा राइनोजलाई ९ विकेटले हराउँदै चितवन पहिलो पटक फाइनलमा पुगेको हो। पोखराले दिएको ६७ रनको लक्ष्य चितवनले ७ ओभर ५ बलमा १ विकेटको क्षतीमा पूरा गर्यो। चितवनको जितमा मोहमद साहजदले सर्वाधिक ४८ रन बनाए। यस्तै हसिम अन्सारीले अविजित १४ रन जोडे। करिम जनत ४ रनमा अविजित रहे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा १५ ओभरमा अलआउट हुँदै ६६ रन बनाएको थियो। पोखराका लागि रिचार्ड लेभीले सर्वाधिक १९ रन बनाए। सुनिल धमलाले १८ रन जोड्दा सुशन भारीले १२ रन बनाए।
पोखरालाई सस्तैमा समेट्न चितवनका सागर ढकाल र शाहब आलमले ४/४ विकेट लिए। सोमपाल कामी र करिम जनतले १/१ विकेट लिए।
Facebook Comments


























