असोज १७ । नेपाल राष्ट्र बैंकले आज आइतबार लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलरको मूल्य आज स्थीर छ। आज अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८९ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १३७ रुपैयाँ १७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ८७ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिददर १६० रुपैयाँ १५ पैसा र बिक्रीदर १६० रुपैयाँ ९६ पैसा रहेको छ। कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
Facebook Comments


























