असोज १६ । ३८ चिनियाँ सैनिक जहाज आफ्नो हवाई क्षेत्रमा प्रवेश गरेको ताइवानले दाबी गरेको छ।
परमाणु बम खसाल्ने क्षमता भएका विमानहरू ‘एअर डिफेन्स आइडेन्टीफिकेसन जोन’ भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको यो घटना अहिलेसम्कै ठूलो ‘घुसपैठ’ भएको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ।
योसँगै उक्त क्षेत्रमा तनाव बढ्ने सक्ने देखिएको छ। सम्भावित आक्रमणलाई ध्यानमा राखेर ताइवानले पनि आफ्ना जेट (विमान) उडाउनुका साथ मिसाइल प्रणाली तैनाथ गरेको बीबीसीले जनाएको छ।
चीनले ताइवानलाई आफ्नो एक प्रान्तका रुपमा लिने गरेको छ। तर ताइवान भने आफू स्वतन्त्र राष्ट्र भएको बताउँदै आएको छ।
Facebook Comments


























