असोज १५ । पछिल्लो २४ घण्टामा देशभर ९३८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, एक हजार ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ३६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ६६ जनामा संक्रमण पुष्टि भएको हो।
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ११३ जनाको पिअिसार परीक्षण गर्दा ८९८ र तीन हजार २५५ जनाको एन्टीजेन परीक्षण गर्दा १६८ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा १३ जना संक्रमितको मृत्यु भएको छ।
देशभर १८ हजार ११५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तीमध्ये १६ हजार ८८१ होम आइसोलेसनमा रहेका छन्। संस्थागत आइसोलेसनमा एक हजार २३४ संक्रमित छन् भने ३५४ जना आइसियुमा र ११६ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ। देशभर २४२ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर दुई लाख १७ हजार ३९१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)









