काठमाडौं, असोज १३ । प्रधानमन्त्री शेरबहादुर देउबा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ। पार्टी स्थायी कमिटी बैठकअघि देउबालाई भेटेका दाहालले आफ्नो पार्टीले पाउने मन्त्रालयका आधारमा मन्त्री हुनेको नाम टुंग्याउन खोजेको जनाइएको छ।
माओवादीको आजै बस्नै स्थायी कमिटी बैठकले नाम टुंग्याएपछि देउवाले बिहीबारसम्म मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ। राजनीतिक दलसम्बन्धी अध्यादेश निष्क्रिय नबनाइ मन्त्रिपरिषद् विस्तार हुन नसकेपछि सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता नै लिइसकेको छ।
गठबन्धनमा कांग्रेसले ७, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ५/५ मन्त्रालय राख्ने सहमति भइसकेको छ। तर कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति हुन सकेको छैन।















![sf7df8f}F, !& k'; . e|d0f jif{ @)@) sf] ;'?;Fu} laxLaf/ dWok'/ lylddf 3'Dg cfPsf hfkfgL ko{6s . pxfFx?nfO{ dWok'/ lyld gu/kflnsfsf k|d'v dbg;'Gb/ >]i7 vfbfnufP/ :jfut ul/Psf] lyof] . t:jL/ M /Tg >]i7, /f;; .](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/RS_KTM_20200102_0D3A1096f.jpg?resize=150%2C150&ssl=1)










