काठमाडौं, असोज ११ । बुद्ध एयरको जहाजमा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरेको छ।
काठमाडौँबाट विराटनगरका लागि उडेको बुद्ध एयरको विमान अवतरण हुन नसक्दा काठमाडौँ फर्किएको थियो। काठमाडौँको आकाशमा केहि समयको होल्डपछि विमानलाई सफलरुपमा आकस्मिक अवतरण गराइएको छ।
विमानको ल्याण्डिङ गियरमा समस्या भएपछि अवतरण हुन नसकेको बताइएको छ। जहाज आकस्मिक रुपमा अवतरण गराउनु पर्ने अवस्था आउनसक्ने भएकाले विमानस्थलमा बारुणयन्त्र र एम्बुलेन्स तयारी अवस्थामा राखिएको थियो।
Facebook Comments


























