असोज १० । साताको पहिलो दिन आइतबार शेयर बजारमा पहिरो गएको छ। आइतबार बिहान बजार खुलेपछि हरियाली देखिएको बजार केही समयपछि राताम्मे हुन थालेको थियो। दिउँसो ३ बजे कारोबार बन्द हुँदा बजार मापक परिसूचक नेप्से ६१.२७ अंकले घटेर २७५८.४८ को बिन्दुमा पुगेको छ।
यस्तै सेन्सेटिभ परिसूचक १०.७० अंकले घटेर ५१९.३६ को बिन्दुमा पुगेको छ। आइतबार २३३ कम्पनीका १,४४,९४,२६० कित्ता शेयर किनबेच भएको छ। यसदिन ६,५०,०१,१७,७८० रुपैयाँको कारोबार भएको छ।
आइतबार १२ उपसमूहमा गिरावट आएको छ। सबैभन्दा धेरै फाइनान्स उपसमूहमा ५.८९ प्रतिशत गिराटवट आएको छ। यस्तै हाइड्रो समूह पनि ४.३ प्रतिशतले घटेको छ। म्युचुअल फण्डमा भने ०.२१ प्रतिशतले वृद्धि भएको छ।
Facebook Comments


























